AnonymousUser

Logout

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकेखि साधारणतया बदली रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ।

बढ्यो पेट्रोल–डिजेल र हवाई इन्धनको मूल्य

आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले बढाएको छ।

धानचामल आयातमा १७.८२ अर्बको वृद्धि

देशमा धानचामल आयात गत वर्षको तुलनामा करिब १७ अर्ब ८२ करोड रुपैयाँ बढेको छ।

दरबारमार्गमा लिफ्टको काम गर्दैगर्दा खसेर २ मजदुरको मृत्यु

दरबारमार्गमा निर्माणाधीन एउटा भवनको लिफ्टमा काम गर्दैगर्दा चौथो तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ।

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

नागार्जुनका निलम्बित मेयर मोहन बस्नेतलाई घुस लेनदेन मुद्दामा ८ वर्ष कैद

विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लेनदेन मुद्दामा आठ वर्ष तीन महिना कैद सजाय सुनाएको छ।

धनगढीमा २ हजार घरमा पानी पस्यो, ८ जनाको उद्धार

आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीमा २ हजारभन्दा बढी घरमा पानी पसेको छ भने डुबानमा फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ।

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकममा भने गिरावट

सोमबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा कायम भएको छ।

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ सकियो

न्यायाधीशका प्रस्तावित तीन र न्याय परिषद्का एक गरी चारै जनाको सुनुवाइ सकिएको छ। समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्णय अर्को बैठकबाट हुनेछ।

निरन्तरको वर्षाले कञ्चनपुरको कृष्णपुरमा एक परिवार विस्थापित

डुबानका कारण पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ।

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

शहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो।

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन्।

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

आइतबार पनि मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

पर्सामा लागुऔषधका ११४ मुद्दा दर्ता

पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ।

रुससँग जारी युद्धका बीच युक्रेनी राष्ट्रपतिले लिए यो ठूलो निर्णय

युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।

कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट

बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ।

पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

टेरामक्स प्रकरण: पूर्वमन्त्री मोहन बस्नेतसँग २५ लाख धरौटी माग

टेरामक्स भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।