बाँकेका नरैनापुर, राप्तीसोनारी, डुडुवालगायत वनमा धेरै डढेलो लाग्ने गरेको छ। डढेलो नियन्त्रणका लाथि वन कार्यालयले सामुदायिक वनसँगको समन्वयमा अभियान शुरू गरेको छ।
नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईंले टोलीमा एक परिवर्तन गरेका छन्। करण केसीको स्थानमा गुलशन झालाई मैदानमा उतार्ने भएका हुन्।
किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न जनमत पार्टीले माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
प्रि–क्वार्टरफाइनलको दुवै लेगमा लिभरपुललाई पराजित गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको छ।
दिउँसो देशभरको मौसममा सामान्य बदली हुने र अपराह्नपछि पहाडी तथा तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
चालु आर्थिक वर्षको ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ।
डाक्टर जियाङ यानयोङले सार्स महामारीबारे सार्वजनिक रूपमा बोल्दा सरकारले उनलाई नजरबन्दमा राखेको थियो।
दीपक मनाङे सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो।
सरकारले मन्त्री तथा उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ।
यूएईका कप्तान मोहम्मद वासिमले पपुवा न्यू गिनीविरुद्ध कीर्तिमानी १२ छक्का प्रहार गरेका छन्।
चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।
सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका छन्।
नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले देशको समृद्धिका लागि ऊर्जा र जलस्रोतको विकास आवश्यक रहेको बताएका छन्।
प्रहरीले भने अदालतको आदेश अनुसार नै खानलाई हिरासतमा लिने प्रयास गरिरहेको बताएको छ। उनीमाथि निर्वाचन आयोगलाई प्रभावित गरेकोलगायत ३० भन्दा बढी आरोप छ।
प्रदेशलाई अधिकारसम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ ध्यान दिन प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्।
कांग्रेस कार्य सम्पादन समिति बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्न पार्टीका संघीय संसद् र प्रदेशसभा सदस्यलाई निर्देशन दिने निर्णय गरेको छ।
चितुवाको आक्रमणमा परी रुपा गाउँपालिका–४ का २८ श्रीकृष्ण मल्ल र राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीले चितुवा नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन्।
गुगल, अमेजनजस्ता कम्पनीले प्रतिस्पर्धी बन्न र खर्च कटौतीमा सन्तुलन मिलाउन संघर्ष गरिरहेका बेला मेटाले पनि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। मेटाले यसअघि खुलाएको ५ हजार जनाको आवेदनसमेत रद्द गरेको छ।
नाका खुलेसँगै बुधबारदेखि विभिन्न देशका पर्यटकले चीन भ्रमणका लागि भिसा प्रक्रिया शुरू गर्न पाउने छन्। कोभिड महामारी फैलिएपछि चीनले २०२० को मार्च २८ देखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।