Thursday, May 09, 2024

-->

प्रवीण खालिङको ‘चिया गफ’ सार्वजनिक

साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङले संयुक्त रूपमा कृति सार्वजनिक गरे।

प्रवीण खालिङको ‘चिया गफ’ सार्वजनिक

काठमाडौँ– साहित्यकार प्रवीण खालिङको दोस्रो साहित्यिक कृति ‘चिया गफ’ निबन्ध संग्रह सार्वजनिक भएको छ।

गान्तोकस्थित रचना बुक्समा आयोजित कार्यक्रममा साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङले संयुक्त रूपमा कृति सार्वजनिक गरे। 

चिया गफ नयाँ शैलीमा लेखिएको निबन्ध संग्रह रहेको प्राध्यापक टीबी छेत्रीले बताए। “चिया गफको मियो कञ्चनजंघा रहेको छ। यसैको सेरोफेरोका जीवन र भोगाइलाई ग्लोबल कन्टेक्स्टमा लेखिएको कृति हो। गफभित्र मिथ र पुराण कथालाई जीवन्त बनाएर प्रस्तुत गरिएको छ,” उनले भने, “गम्भीर रूपले पठन गर्नुपर्ने कृतिको रूपमा चिया गफ रहेको पाएँ।”

कार्यक्रममा सिक्किम, दार्जिलिङ, सिलिगुढी र कालिम्पोङका सर्जकहरूको सहभागिता थियो। कवि कर्ण विरह, मिलन बान्तवा, सुरज शर्मा, सविना राई, राधा पाण्डे, सुचन प्रधान, कृष्ण शर्माले कविता वाचन गरेका थिए। 


सम्बन्धित सामग्री