Thursday, May 09, 2024

-->

जाजरकोट भूकम्पका कारण सिस्नुपानीले रोक्यो यस वर्षको देउसी

सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

जाजरकोट भूकम्पका कारण सिस्नुपानीले रोक्यो यस वर्षको देउसी
फाइल तस्वीर

काठमाडौँ– सिस्नुपानी नेपालले यसपटकको देउसी भैलो कार्यक्रम स्थगित गरेको छ।

विगत २५ वर्षदेखि गर्दै आएको देउसी भैलो कार्यक्रम जाजरकोट भूकम्पका कारण यसपटक स्थगित गर्ने निर्णय गरेको सिस्नुपानी नेपालले जनाएको छ। 

महासचिव टंकराज आचार्यद्वारा जारी सूचनामा भनिएको छ, ‘विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष (२०८०)का लागि स्थगित गरिएको बेहोरा दुःखका साथ जानकारी गराउँछौँ। आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वाससमेत व्यक्त गर्दछौँ।” 

यसैबीच सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोगस्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।


सम्बन्धित सामग्री