Sunday, April 28, 2024

-->

सांगीतिक यात्रामा ‘मंगोलियन हार्ट’

‘मंगोलियन हार्ट’ले स्थापनाको ३० वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियामा सोमबारदेखि सांगीतिक यात्रा शुरू गर्दै छ। केही वर्ष अलमल भए पनि अब आफूहरू लयमा फर्किएको गायक राजु लामाले बताएका छन्।

सांगीतिक यात्रामा ‘मंगोलियन हार्ट’

काठमाडौँ– समूह गायनमार्फत स्थापित ‘मंगोलियन हार्ट’ले सांगीतिक यात्रा प्रारम्भ गर्ने भएको छ।

सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन्। स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियामा यात्राको आयोजना गरिएको गायक लामाले जानकारी दिए।

“हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ र उत्साहित पनि छौँ,” उनले भने, “केही समय अलमल भए पनि हामी लयमा फर्किएका छौँ।”

लोक, पप मेलोडी संगीतका लागि प्रिय मानिने समूहमा रिदम गितारमा बबि लामा, ड्रममा सन्तोष थापामगर, लिडगितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

सोमबार अस्ट्रेलियाको मेलवर्नबाट शुरू हुने समूहका व्यवस्थापक बबि लामाले जानकारी दिए। यो समूहको ‘बाँदलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ गीत लोकप्रिय छ। विशेष गरेर ‘पप’ विधाको गीत–संगीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन्।  

गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको संगीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन। ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मंगोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ। उ

ही र उस्तै शैलीमा समूहसँगै गायक लामासमेत ‘स्पटलाइट’मा चम्किएका छन्। मंगोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ।


सम्बन्धित सामग्री