Monday, April 29, 2024

-->
ज्यापु दिवस
बसन्तपुरमा मनाइयाे ज्यापु दिवस

ज्यापु संस्कृत बिकास कोषले १९औँ ज्यापु दिवस तथा य:मरी पुन्हीका अवसरमा र्‍याली निकालेको छ। परम्परागत बाजा र चामलको पिठोबाट बनाइएको य:मरीसहित लगनबाट शुरू भएको र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो। काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल, निवर्तमान मेयर विद्यासुन्दर शाक्यलगायत स्थानीय सहभागी थिए। नेपाल भाषामा य:को अर्थ मनपर्ने र मरीको अर्थ रोटी हाे। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। तस्वीरहरू: अमित मचामसी

प्रकाशित मिति: