Monday, April 29, 2024

-->
सुकुमबासी आन्दोलित
'उठीबासको त्रास कहिलेसम्म?'

काठमाडौँ– काठमाडौँ थापाथलीस्थित बागमती किनारामा बसेका सुकुमबासीहरूले विभिन्न माग राखी माइतीघर मण्डलमा भेला भई र्‍यालीसहित नयाँ बानेश्वरमा पुगी धर्ना दिएका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा प्रदर्शन गरिएको हो। काठमाडौँ महानगरपालिकाको भूमिहीन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ। उनीहरूले सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरेका छन्। त्यस्तै, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्। उनीहरूले 'हाम्रो मानवअधिकार खोइ?', 'उठीबासको त्रास कहिलेसम्म?', 'लालपुर्जा विहीनताको अवस्था कहिलेसम्म?' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलित बनेका थिए।

प्रकाशित मिति: