Tuesday, June 18, 2024

-->
पर्व
नेपाल संवत् नयाँ वर्षको उल्लास

नेपाल संवत्को नयाँ वर्ष ११४४ मंगलबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ। नेपाल संवद् चान्द्रमासअनुसार प्रचलनमा रहेको छ। नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली निकालिएको थियो। नेवार समुदायको बाक्लो वस्ती रहेको बलम्बुको लाछीटोलमा स्थानीयहरू भेला भएर ‘भिन्तुना र्‍याली’सहित शुभकामना आदानप्रदान गरेका थिए। विभिन्न गाजाबाजासहित मौलिक पोसाकमा देखिएका स्थानीयको भीडले नगर भरिएको थियो। बालबालिकादेखि ज्येष्ठ सदस्यसमेत यस उल्लासमा सरिक देखिन्थे। तस्वीरहरू: किसन पाण्डे/उकालो।

प्रकाशित मिति:  


Topics