Saturday, April 27, 2024

-->
पर्व
पाटनमा न्हु दँया भिन्तुना र्‍याली

पाटनमा सोमबार बेलुका मैनबत्ती बालेर नेपाल संवत्को नयाँ वर्षको न्हु दँया भिन्तुना र्‍याली निकालिएको छ। नेपाल संवत् ११४४ को न्हु दँया भिन्तुना र्‍याली निकालिएको हो। न्हु दँया भिन्तुना अर्थ नयाँ वर्षको शुभकामना हुन्छ। कात्तिक शुक्ल पक्षदेखि नेपाल संवत्को नयाँ वर्ष शुरू हुन्छ। काठमाडौँ उपत्यकामा मौलिक संवत्का रूपमा नयाँ वर्षको खुसियाली मनाउने गरिन्छ। नेपाल संवत् चन्द्रमासमा आधारित छ। लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत् शुरू हुन्छ। सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरू भएको दिन नेवार समुदायमा ‘म्ह:पूजा’ गर्ने सांस्कृतिक परम्परा रहेको पाइन्छ। म्ह:पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ शरीर पूजा हुन्छ। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट र मौलिक रहेको छ। यसलाई विशेषतः काठमाडौँ उपत्यका भक्तपुर ललितपुरमा ठूलो उत्साहसाथ मनाइने गरिन्छ।

प्रकाशित मिति:  


Topics