Saturday, April 27, 2024

-->
जगदीशपुर ताल
चराहरूको राजधानी जगदीशपुर ताल

जगदीशपुर ताल कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका– ९ र १० मा अवस्थित छ। करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ। सन् २००३ सालमा रामसार सूचीमा सूचीकृत भएको यो ताल कपिलवस्तुको महत्त्वपूर्ण धरोहर हो। तालमा ४६ प्रजातिका माछा, घस्रने प्रजातिका ४२, उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणी रहेका छन्। विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चरा प्रशस्त मात्रामा आउने गर्छन्। यस्ता आगन्तुक चराहरू जाडो तथा गर्मी मौसम छल्न आई पुनः आफ्नै मुलुक फर्किने गर्छन्। यहाँ ११८ बढी प्रजातिको चराचुरुङ्‌गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ।

प्रकाशित मिति: