Saturday, April 27, 2024

-->
पर्व
जनै, राखीको व्यापार बढ्यो

प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन बिहीबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ। जनै पूर्णिमा नजिकिएसँगै बजारमा राखी, जनै र धागोको व्यापार पनि बढेको छ। आजभोलि राखी लगाउने परम्परा फस्टाउँदै छ। बजारमा पनि जनैभन्दा धेरै राखी को किनमेल बढी छ। ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनै लगाउने चलन रही आएको छ। बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ।

प्रकाशित मिति:  


Topics