Saturday, April 27, 2024

-->
हिमाल आरोहण
सगरमाथा, ल्होत्से र नुत्से हिमालको आधारशिविरमा आरोहीहरू

सगरमाथा आरोहीहरू शनिबार सगरमाथा, ल्होत्से र नुत्से हिमालको आधारशिविरमा। सगरमाथा आरोहणका लागि आठ भारतीय र चार पोल्यान्डाका नागरिक सहितको टोली चैत २१ र २२ गते काठमाडौँबाट प्रस्थान गरेका थिए। उक्त टोली सगरमाथा आधारशिविरमा चैत २८ र २९ मा पुगेको हो। आरोहण दलका सदस्य विवेक पाण्डेका अनुसार मौसमले साथ दिए आरोहीहरूको जेठको पहिलो हप्ता सगरमाथा आरोहण गर्ने कार्यक्रम रहेको छ। “सगरमाथा आरोहणपछि १२ सदस्यमध्ये सात जनाले ल्होत्से हिमाल पनि आरोहण गर्दै छन्,” पाण्डेले उकालोलाई बताए। शनिबार विदेशी आरोहीहरूलाई ६०९० मिटरमा रहेको लाबुचे पिकमा तालिमका रूपमा आरोहण गराइएको थियो। शेर्पाहरूले आरोहीहरूलाई आइसवालमा तालिम गराउनुका साथै भर्‍याङको ब्रिजमा हिँड्न सिकाएको थियो। ल्होत्से र नुत्से आधारशिविरबाट उकालोलाई आरोही दलका सदस्य पाण्डेले पठाएका तस्वीरहरू:

प्रकाशित मिति: