Thursday, May 09, 2024

-->
भक्तजनको घुइँचो
बालाजुमा २२ धारा मेला

चैत शुक्ल पूर्णिमाका दिन काठमाडौँको बालाजुमा लागेको २२ धारा मेलामा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। यस दिन २२ धारामा स्नान गरे लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ। राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए। अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएको बताइन्छ। 

प्रकाशित मिति: