Monday, April 29, 2024

-->
नेपाली सेना दिवस
टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ

काठमाडौँ– नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ। नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६०औँ स्थापना दिवस मनाएको हो। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो। हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।

प्रकाशित मिति:  


Topics