Sunday, April 28, 2024

-->

यसरी ठडिँदै छ नयाँ संसद् भवन [तस्वीरहरू]

भाडामा संसद् भवन चलाउन उचित नहुने भनेर सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको १७३ रोपनी ८ आना जग्गामा २०७६ सालदेखि नयाँ संसद् भवन निर्माण गरिरहेको छ।

यसरी ठडिँदै छ नयाँ संसद् भवन [तस्वीरहरू]

काठमाडौँ– सांसदबाटै सिंहदरबारस्थित पुरानो संसद् भवन साँघुरो भएको गुनासो  पटक–पटक आएपछि सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संघीय संसद् सञ्चालन गरिरहेको छ। यसअघि पहिलो र दोस्रो संविधानसभा पनि त्यही भाडाकै भवनमा सञ्चालन भएका थिए। तर, सधैँ भाडामा संसद् भवन चलाउन उचित नहुने भनेर सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको १७३ रोपनी ८ आना जग्गामा २०७६ सालदेखि नयाँ संसद् भवन निर्माण गरिरहेको छ।

संघीय संसद्का लागि नेपाल सरकारका तर्फबाट शहरी विकास तथा भवन निर्माण विभाग र टुन्डी शेक जेभीबीच २०७६ असोज १६ गते ३ वर्षमा सकिने गरी भवन र पूर्वाधार निर्माणसम्बन्धी ठेक्का सम्झौता भएको थियो। सरकारले ६ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेर बनाइरहेका भवनहरूमध्ये सात वटाको मात्र नक्सा पास छ।

बाँकी चार भवनको नक्सा पास गर्न काठमाडौँ महानगरपालिकाले भवन विभागलाई पटक–पटक ताकेता गरे पनि विभागले नक्सा पास गर्न चासो नदेखाएको महानगरका कर्मचारीहरू बताउँछन्। नक्सा पासको विषयमा विभाग र महानगरबीच उत्पन्न विवाद कहिले टुंगिने हो निश्चित छैन। त्यतिन्जेलसम्म संघीय संसद्का लागि बनेका भवनहरू निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरिसक्ने देखिन्छ।


निर्माणाधीन संसद् भवनका तस्वीरहरू:


सम्बन्धित सामग्री