Tuesday, May 21, 2024

-->

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुन बिहीबारको तुलनामा एक हजार १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको छ। 

बिहीबार प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ कारोबार भएको छापावाल सुन शुक्रबारका लागि भने एक लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन एक लाख ३५ हजार ८५० रुपैयाँ थियो। 

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। चाँदी तोलामा एक हजार ६४५ रुपैयाँ निर्धारण भएको छ।


सम्बन्धित सामग्री