बिहीबार धितोपत्र बजारमा नेप्से परिसूचक करिब ९ अंकले उकालो लाग्दै २६६१ को विन्दुमा पुगेको छ भने कारोबार रकम चार अर्ब ११ करोड नाघेको छ।
काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७८ अंकले उकालो लागेर २,६६१.७१ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अंकले उकालो लागेर ४६२.४७ मा पुगेको छ। फ्लोट सूचक ०.९९ अंकले बढेर १८२.६१ मा पुगेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने १.३९ अंकले बढेर १५६.६८ मा पुगेको छ।
यस दिन विभिन्न कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँमा खरिद-बिक्री भएको छ। आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर बढ्यो भने अन्य आठ उपसमूहको सेयर मूल्य घटेको छ।
नेप्सेका अनुसार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, खलङ्गा हाइड्रोपावर कम्पनी, स्नोरिभर लिमिटेड र सानीगाढ हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ भने एनआईसी एसिया डिबेन्चर, भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, सीवाइसी लघुवित्त संस्थालगायत कम्पनीको सेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
