सूनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँ बढेर दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँ बढेर दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। सुन बिहीबार तोलामा पाँच हजार दुई सय रूपैयाँ घटेको थियो।

बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँ घटेको छ।

बिहीबार प्रतितोला चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।