एसियन गेम्स क्रिकेट छनोट

उपाधिका लागि आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै

एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

फाइल तस्वीर

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे शुरू हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली फाइनल पुगेका हुन्। नेपालले समूह चरणमा चीन र मलेसियालाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको बलियो शुरूआत गरेको थियो। त्यसपछि सेमिफाइनलमा ओमानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । 

हङकङ पनि अपराजित यात्रासहित फाइनलमा पुगेको हो।