मनसुन शुरू भएसँगै सुरुङ र मुहान क्षेत्रमा आउन सक्ने बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी आयोजनाले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा पानी आपूर्ति बन्द गरेको छ।
काठमाडौँ– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ।
समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ।
समितिका सूचना अधिकृत मधु तिमल्सेनाले नदीमा पानीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुने अवस्था सिर्जना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिए।
"निरन्तर वर्षाका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दा माथि भ्रमाथाङ्गमा अत्यधिक मात्रामा गेग्रान र हेडवर्क्सभन्दा माथि पहिरोहरू छन्। ती जुनसुकै बेला बगेर सुरुङभित्र छिर्न सक्ने अवस्था छ," उनले भने, "नदीमा पानीको मात्रा बढ्नाले कर्मचारीहरूको आवतजावत गर्नसमेत असहज भएको छ। बाढीका कारण पानी धमिलो हुँदा सुरुङको गेट पटक–पटक खोल्ने र बन्द गर्नुपर्ने अवस्था आउँछ, जसले टनेलको संरचनामा असर पुर्याउँछ।" उनले सुरुङभित्र जमेको लेदो समय–समयमा सफा गरी सुरुङको निरीक्षण (इन्सपेक्सन) समेत गर्नुपर्ने भएकाले आयोजना आजैदेखि बन्द गरिएको प्रष्ट पारे।
तिमल्सेनाका अनुसार हाल वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको थियो। अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाइ, मर्मत र निरीक्षण नभएकाले यसै अवधिमा ती कार्यहरू सम्पन्न गरिने समितिले जनाएको छ।
"मनसुन समाप्त भएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पथान्तरण गर्नेछौँ," उनले भने, "मेलम्चीको पानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी उपभोक्तालाई वितरण गरिनेछ। यसका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग समन्वय गरिनेछ।"
विसं २०७८ असार १ गते र सोही वर्षको साउन १६ र १७ गते मेलम्ची नदीमा आएको आकस्मिक बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेडवर्क्स, सडक पहुँचलगायतका संरचनामा पूर्ण रूपमा क्षति भई मुख्य प्रणाली बन्द भएको थियो। समितिले त्यसपछि हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरूमा आवश्यक सफाइ तथा मर्मतसम्भार गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ। यसै बमोजिम गत असोज २६ गतेदेखि हालसम्म निरन्तर रूपमा सुरुङबाट पानी पथान्तरण हुँदै आएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
