एमाले अध्यक्ष ओलीले संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षहरू र स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका छन्।
काठमाडौँ– नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिए।
उनका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका हुन्।
“नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ अनुरोध गर्दछु”, पत्रमा भनिएको छ।
यस्तै, एमालेले विसं २०७९ को नयाँ जनादेशअनुरूप गत पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गराएको जनाएको छ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रहेकाले सोबाहेकका अन्य पार्टीलाई राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका पत्र पठाउने निर्णय गरेको थियो। शनिबार नै एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै, कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
