बालमन्दिर र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नाममा रहेको ५७ रोपनी जग्गा दुरूपयोगको विषय उकालोले शृंखलाबद्ध रूपमा उठाएको थियो।
काठमाडौँ– उकालोमा शृंखलाबद्ध रूपमा प्रकाशित नक्सालस्थित नेपाल बाल संगठनको जग्गा विशाल ग्रुपलगायत व्यापारिक घरानाले बाहाल सम्झौताको नाममा कब्जा गरेको विषयले अन्ततः संसद्मा प्रवेश पाएको छ।
बुधबार संसद्को शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल बाल संगठनको एकल स्वामित्वमा रहेको २८ रोपनी ५ आना १ पैसा र संगठन तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी ४ आना ३ पैसा ३ दाम गरी ५७ रोपनी ९ आना जग्गा दुरुपयोग हुन नदिन माग गरेकी हुन्।
“२०१८ सालमा निजी सम्पत्तिलाई अधिग्रहण गरेर अनाथ बालबालिकाका लागि हेरचाह गर्ने भनेर नेपाल बाल संगठनलाई जिम्मा दिइयो,” संसद्मा उनले प्रश्न गरिन्, “तर अहिले बाल मन्दिरको एकल स्वामित्व रहेको २८ रोपनी तथा बाल मन्दिर तथा नेपाल ललितकलाको संयुक्त स्वामित्वमा रहेको २९ रोपनी गरी ५७ रोपनी जग्गा कसले भोगचलन गरिरहेको छ? कसको हितमा प्रयोग भइरहेको छ?”
बालमन्दिर आर्थिक रूपमा संकट उत्पन्न भएपछि अहिले त्यहाँ आश्रित अनाथ बालबालिकालाई खुवाउने दूधसमेत पर्याप्त नरहेको उनको भनाइ थियो। “त्यस्तो प्राइम ठाउँमा भएको जग्गालाई कौडीको भाउमा बहालमा लगाएर व्यवसाय चलाउने अहिलेका व्यक्तित्व र व्यावसायिक घरानाहरू छन्। त्यो संगठनको बोर्डमा पहिला आफ्नो मान्छे छिराउने, त्यसपछि बोर्ड कब्जा गर्ने र सीमित मान्छेहरूका लागि त्यो बोर्डले काम गर्ने। हामी कहिलेसम्म अनादेखा बसौँ", उनले भनिन्।
यस्तै सांसद श्रेष्ठले बालमन्दिरम बेथिति भइरहेको बारे जाँचबुझ आयोगले समेत निष्कर्ष निकालेको तर प्रतिवेदन अहिलेसम्म गोप्य राखिएको भन्दै असन्तुष्टि जनाइन्। उनले भनिन्, "बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग पनि गठन भएको रहेछ। त्यो आयोगले पदाधिकारीलगायत संलग्न रहेको प्रतिवेदन पनि दिएको रहेछ। त्यो प्रतिवेदन हामीले कहिले सार्वजनिक गर्छौँ? र, दैवले बाबुआमा खोसेका, हामीले हेर्नुपर्ने बालबालिकालाई कहिलेसम्म अनदेखा गरेर राख्छौँ?”
उकालोले शृंखलाबद्ध रूपमा यो विषय उठाएको थियो।
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्याएको आयोग प्रतिवेदन
बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
