अन्तर्वार्ता
‘यस क्षेत्रमा मेरो पार्टीको संगठित मत छ, त्यसमा दलित समुदायको मत पनि थपिन्छ नै। किनकि म पहिलेदेखि यस समुदायको हितको लागि भिडेको मानिस हो।’
सप्तरी १ मा तपाईं नयाँ उम्मेदवार हो, पुराना खेलाडीहरू मैदानमा छन्। कत्ति को चुनाैती देख्नुभएको छ?
मैले यहाँ हाम्रो पार्टीको अवस्था धेरै नै बलियो देखिरहेको छु। यो क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनयता निरन्तर जित्दै आएको पार्टीबाट मैले चुनाव लडेको छु। सप्तरी १ मा हरेक पटकको जितको मुख्य कारण के हो भने यहाँका पार्टीका कार्यकर्ताले टिकट पाएका जोसुकै उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक अभियानमा लाग्छन्। सोही अनुरूप योपालि पनि मेरो उम्मेदवारी परेदेखि सम्पूर्ण कार्यकर्ताहरू निरन्तर रूपमा काम गरिरहनुभएको छ।
भौगोलिक र सामाजिक विविधता रहेको यो निर्वाचन क्षेत्रमा तपाईं जितेपछिको कार्यसूची के छ ?
तपाईंले भनेजस्तै चुरेको फेददेखि, सप्तकोशी नदी, कोशीटप्पु वन्यजन्तु आरक्ष हुँदै भारतीय सिमानासम्म नै फैलिएको ठूलो निर्वाचन क्षेत्र हो यो। यो क्षेत्र दलित जनसंख्या धेरै भएको ठाउँ पनि हो। सदियौंदेखि पीडित यो समुदाय आर्थिक रूपमा शोषित, सामाजिक रूपमा उत्पीडित, राजनीतिक रूपमा उपेक्षित, शैक्षिक रूपमा बञ्चित र धार्मिक तथा सांस्कृतिक रूपमा अपहेलित छ।
यो समुदायको जीवनस्तर कसरी उकास्ने भन्ने कुरा मेरो पहिलो प्राथमिकतामा छ। यहाँ शिक्षाको लागि काम गर्नुपर्ने छ। अर्को कुरा, कोशीटप्पु आरक्षसँग जोडिएकोले यहाँ आफ्नैखाले समस्या पनि छन्। यहाँ अर्ना भैंसीले बालीनाली क्षति गर्नेदेखि हात्तीको आक्रमणमा बर्सेनि दुई/चार जनाले ज्यान गुमाएकै हुन्छन्। त्यस्तै बाढीको पनि समस्या छ। म यिनै समस्यामा केन्द्रित छु।
यहाँका धेरैजसो मानिसको आजीविका कृषिमा आधारित छ। किसानले बेलामा मल नपाउने समस्या देशैभरिजस्तो यहाँ पनि छ। सिँचाइ सुलभ छैन। एउटा चन्द्र नहरले केही हदसम्म पूर्वतर्फको खेतीमा राहत गरेको छ। तर पश्चिमतिर आकासे पानीकै भर छ। चुरेमा भएको समस्याले गर्दा पनि कृषिमा असर छ। शुरूमा डीप बोरिङ लगायत कृषिमा विद्युतीकरण गर्नुपर्ने बारे मैले सोचेको छ।
चुरे क्षेत्रसँग कस्ता खाले समस्या जोडिएका छन्?
मेरो क्षेत्र उत्तरमा चुरेसँग पनि जोडिएको छ। चुरेमा उत्खनन् र दोहनले गर्दा यहाँको जलाधार बिथोलिएर उब्जनीमा प्रत्यक्ष असर परिरहेको छ। त्यसको संरक्षणमा काम गर्न अति आवश्यक छ। यसमा विज्ञहरू ल्याएर चुरेलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा काम गर्ने सोच छ। सुक्खाले गर्दा खेतीपाती मुस्किल पर्ने मात्र होइन, बैशाख–जेठतिर उत्तरी भेगका कल र इनारहरू सुक्छन् र खानेपानीको लागि किसान त्राही त्राही हुने अवस्था आउँछ।
तपाईंको क्षेत्रमा युवासँग जोडिएका मुद्दा के छन्?
कलकारखाना र उद्योगधन्दा नहुँदा युवाहरूलाई रोजगारीको अवसर छैन। त्यसैले उनीहरू रोजगारीका लागि विदेश पलायनको समस्या छ। खासमा यो देशकै ठूलोमध्येको एक समस्या हो। यसलाई सदनमा उठाउनुपर्छ कि कहाँ पुर्याउनु पर्छ मेरो प्राथमिकता हुनेछ। म पनि युवा नै छु, बेरोजगारीले युवा वर्गमा पर्ने असर बुझेको छु।
यो क्षेत्रमा आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई देख्नुभएको छ?
मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले नै हुन यहाँ। हुन त राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा पनि छ, तर त्यसको संगठन र ठोस जनाधार यहाँ देखिँदैन। चुनाव नजिकिँदै जाँदा घण्टीको हल्ला मत्थर हुँदै गएको छ। मेरो पार्टीको संगठित मत छ, त्यसमा दलित समुदायको पनि थपिन्छ नै। किनकी म पहिलेदेखि यस समुदायको हितको लागि भिडेको मानिस हो। न्याय र समताका लागि काम गर्ने व्यक्तिको रूपमा मैले मत पाउँदैछु। म दलितभित्रको राष्ट्रिय सरदार बाँतर समुदाय विकास केन्द्रको अध्यक्ष पनि हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
