‘खानेपानीलाई राजनीतिक अजेन्डा बनाउन आवश्यक छैन। त्यो जनताको अधिकारको कुरा हो। यसमा हामी सबै मिलेर काम गर्नुपर्छ। जनतालाई जसरी भए पानीको आवश्यकता पूर्ति गराउनुपर्छ।’
चुनावी अभियानका क्रममा मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
अहिले घरदैलो अभियानमा छु। सुनसरी—१ का विभिन्न क्षेत्रमा गएर मतदातासँग मत मागिरहेको छु। म यही क्षेत्रमा काम गरेको मान्छे हुँ। यहाँका मानिसहरूको सुखदुःखमा सहयोग गरिरहेको मान्छे हुँ। म न कुनै भ्रष्टाचारमा मुछिएको छु, न गलत काम गरेको छु। चुनावी अभियानमा हिँड्दा जनताले पनि त्यो कुरा बुझिदिनुभएको जस्तो लाग्यो।
चुनावमा युवाहरूले एकदमैसाथ दिनुभएको छ। म नपुगेको ठाउँमा पनि जेन–जी भाइबहिनीले मेरो समर्थनमा र्याली निकालिरहनु भएको छ। युवाहरू स्वतःस्फूर्त मेरो पक्षमा खुलेर समर्थनमा आइरहुनु भएको छ। तपााईंजस्तो मान्छेलाई हामीले अघिल्लोपटक जिताउन सकेनौँ, हाम्रो आवाज बन्दिनुहोस्, हामी मत दिएर पठाउछौँ भन्नुभएको छ।
अघिल्लो निर्वाचनमा पनि भाग लिनुभएको थियो, अघिल्लोभन्दा यसपटक के फरक पाइरहनुभएको छ?
पहिले मसँग संगठन थिएन। मसँग वैदेशिक रोजगारका क्रममा समस्या परेका साथीहरूको उद्दारको क्रममा जोडिएका मानिस थिए। यहाँको हाइटेन्सनलगायत समस्याका विषय उठाएको थिएँ। यहाँको बस्तीमाथि हाइटेन्सन छ। बस्तीमाथि आगो झरिरहन्छ। त्यहीँका साथीहरू जोडिनुभएको थियो। उहाँहरूको साथ थियो। अघिल्लो पटक त चुनावी अभियानमा पनि १० जना जति मात्रै थियौँ, तर यसपटक युवाहरू आफै जोडिन आउनुभएको छ।
जेन–जी आन्दोलनले चुनावी माहोल ल्याइदिएका कारणले धेरै सहज छ। यसपटक पार्टी संगठन पनि बलियो छ। मानिसहरूबाट प्रतिक्रिया एकदमै राम्रो पाइरहेको छु। जनताको मुद्दा बोक्ने भएकाले यहाँका मतदाताले सरिन इमानदार छ, उसले यहाँको आवाज उठाउँछ भन्ने धेरैलाई छ। पहिले जितेका जनप्रतिनिधि भएको वा नभएको मतलब थिएन। जितेपछि यहाँ भेटिएनन्। त्यसैले यसपटक मलाई जिताउनुहुन्छ।
तपाईंको चुनावी अजेन्डा के–के छन्?
मुख्य स्वास्थ्य, शिक्षालाई निःशुल्क बनाउन पहल गर्ने। संसद्मा जनताका आवाज पुर्याउने नै मेरो काम हो। सुनसरीमा सहकारी, लघुवित्त पीडित छन्। पीडितहरूको पैसा फिर्ता गराउने काम भएको छैन। यसको नीतिगत समस्या पहिचान गरी उनीहरूको पैसा फिर्ता ल्याउनुपर्ने छ। यही क्षेत्रको दानाबारीको सडकमा ठेक्का प्रक्रिया भए पनि सडक लथालिंग पारेको छ। ठेकेदार कम्पनीलाई कारबाही गर्न पनि सकेको छैन। काम पनि अगाडि बढेको छैन। त्यो कुरा समाधान गर्न पहल गर्छु। यहाँको हाइटेन्सनमुनि बस्तीहरू छन्। तिनीहरूको समस्या समाधान गर्न पहल गर्छु।
‘धरानमा पनि यस्तो ठाउँ छ’ भन्ने ठाउँहरू छन्, जहाँ विकासका काम गर्नुपर्ने छ। धरानकै वडा नं. ४ र ५, बाह्रक्षेत्रलगायत ठाउँमा एउटा मूल सडक छ, अन्य सेवा सुविधामा काम भएको छैन। यहाँका गाउँ डुल्दा यत्रो ३०–४० वर्षमा केही काम भएनछ भन्ने अनुभव हुन्छ। त्यसैले मैले यहाँका आममतदाताको कुरा सुन्ने, यहाँका विकास निर्माणका, शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई उठाउनेछु। मुख्य त जनताको आवाज संसद्मा राख्ने र नीति निर्माणमा भूमिका खेल्नेछु।
तपाईंको क्षेत्रमा खानेपानी पनि मुख्य समस्या हैन र?
खानेपानीलाई राजनीतिक अजेन्डा बनाउन आवश्यक छैन। त्यो जनताको अधिकारको कुरा हो। यसमा हामी सबै मिलेर काम गर्नुपर्छ। जनतालाई जसरी भए पानीको आवश्यकता पूर्ति गराउनुपर्छ।
खानेपानीलाई चुनावी अजेन्डा बनाउने भन्दा पनि काम गर्ने हो। कोशीबाट ल्याउने कि अन्यत्रबाट ल्याउने हो, कहाँबाट थोरै बजेटमा पानी ल्याउन सकिन्छ, ल्याउने हो। कोशीबाट ल्याउने कि अन्यत्रबाट भनेर डीपीआर पनि बनेको छ। तर पहिलेका नेतृत्वकर्ताले त्यसलाई अगाडि बढाउनुभएन। हामीले ती डीपीआर हेर्छौं, अध्ययन गर्छौं, जताबाट ल्याउँदा सस्तो पर्छ त्यहीँबाट धरानमा पानी ल्याउँछौँ। जसले जिते पनि त्यसमा काम गर्नुको विकल्प छैन। वर्षौँदेखि धरानमा पानी राजनीतिक मुद्दा बनिरहेको छ। मैले जितेँ भने अर्को चुनावमा यो मुद्दा उठ्दैन। यहाँको पानीको समस्या समाधान गर्न नीतिगतलगायतका सबै पहल गर्छु।
तपाईंको प्रतिस्पर्धी चर्चित पनि हुनुहुन्छ, यहीँ काम गरेको पनि हुनुहुन्छ। कतिको दबाब महसुस गर्नुभएको छ?
राजनीतिमा दबाब र चुनौती स्वाभाविक हुन्। तर म त्यसको सामना गर्न तयार छु। सबै उम्मेदवार सम्मानयोग्य प्रतिस्पर्धी हुन्, कसैलाई पनि अवमूल्यन गर्दिनँ। कोही चर्चित होलान्, कोही कम चिनिएका, तर अन्तिम निर्णय जनताले गर्ने हो। निर्णय त्यहीँबाट हुन्छ।
तपाईंका प्रतिस्पर्धी हर्कजी त तपाईंहरूसँग विचारै छैन भनेर प्रश्न गर्नुहुन्छ नि?
उहाँलाई चुनाव लागेको हो। उहाँबारे म धेरै टिप्पणी गर्दिनँ। विचार र लक्ष्य नलिई कोही पनि हिँड्दैन। सबैको लक्ष्य हुन्छ, लक्ष्यबिनाको मान्छे हुँदैन। चुनाव जितेपछि काम गरेर आफ्नो राजनीतिक दृष्टिकोण देखाउने पक्षमा हामी छौँ। केवल भाषण गरेर होइन, परिणाम दिएर हामीमाथि उठाइएका प्रश्नको उत्तर दिने छौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
