Wednesday, May 01, 2024

-->

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटेर आएको छ।

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। 

आईओसीले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएर पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस्तै, हवाई इन्धनको मूल्य भने ३ रुपैयाँ ८० पैसा घटेर आएको उनले बताए। 

आईओसीले ग्यास र मट्टितेलको नयाँ मूल्य सूची भने हरेक अंग्रेजी महिनाको १ तारिखमा पठाउने गर्दछ भने डिजेल, पेट्रोल तथा हवाई इन्धनको नयाँ मूल्य सूची भने १५-१५ दिनमा पठाउने गर्दछ। 


सम्बन्धित सामग्री