Saturday, April 27, 2024

-->

डोटीमा एकीकृत समाजवादीका प्रेम आले विजयी

डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन्।

डोटीमा एकीकृत समाजवादीका प्रेम आले विजयी

डोटी– डोटीबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन्।

बिहीबार बिहान सकिएको मतगणनामा आलेले नेकपा एमालेका गौरी ओलीलाई चार हजार २०६ मतले पराजित गरेका हुन्। आलेले २७ हजार २१० मत ल्याउदा ओलीले २३ हजार ४ मत प्राप्त गरिन्।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए। राप्रपाका अंकबहादुर खड्काले ८०२ र राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ७७४ मत प्राप्त गरे।


सम्बन्धित सामग्री