Monday, June 17, 2024

-->

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ– यो साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ को बिन्दुमा कायम भएको हो।

विभिन्न ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार १६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन बैंकिङ समूह ०.७४, होटल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। 

विकास बैंक समूह ०.६३, वित्त समूह १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बीमा समूह ०.४० प्रतिशतले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार ४३४ रुपैयाँ बराबरको तीन लाख ५५ हजार ८९५ कित्ता शेयर किनबेच भएको छ।


सम्बन्धित सामग्री