Monday, June 17, 2024

-->

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

कोशी, बागमती र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौँ– नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण बागमती, गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

कोशी, बागमती र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।

यसैगरी, राति गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। 


सम्बन्धित सामग्री