Monday, June 17, 2024

-->

३ दिनभित्र सूचना अधिकारी तोक्न विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर जानकारी गराउन निर्देशन दिएको छ।

३ दिनभित्र सूचना अधिकारी तोक्न विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सूचना अधिकारी तोक्न सामुदायिक तथा संस्थागत विद्यालयलाई आग्रह निर्देशन दिएको छ। 

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर जानकारी गराउन निर्देशन दिएको हो। 

शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार महानगरले यसअघि पनि सूचना अधिकारी तोकेर विभागमा पठाउन आग्रह गरेको थियो। तर केही विद्यालयले मात्र तोकेको पाइएपछि पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ। 

हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने ६०० संस्थागत विद्यालय छन्।

यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन्।


सम्बन्धित सामग्री