Monday, June 17, 2024

-->

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

काठमाडौँ– नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सबभेरियन्ट भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

उनका अनुसार गत अप्रिल र मे महिनामा सात वटै प्रदेशबाट नमूना संकलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो। तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ देखिएको उनले जानकारी दिए। “यो नयाँ भेरियन्ट होइन। ओमिक्रोन भेरियन्टकै सब भेरियन्ट हो। यसलाई नयाँ नाम मात्र दिइएको हो,‍” उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट संक्रामक नभएको बताए। “केपी प्रजातिको भेरियन्ट त्यति संक्रामक छैन। यसको प्रभाव खासै छैन”, उनले भने। ४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बीए २), दुई जनामा देखिएको छ।


सम्बन्धित सामग्री