Monday, June 03, 2024

-->

कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैँ– हाल कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका  एकदुई स्थानमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै कोशी, मधेश र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाको माैसम पूर्वानुमान छ।


सम्बन्धित सामग्री