Saturday, June 15, 2024

-->

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक आइतबारसम्म स्थगन

राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध बैठक आइतबारसम्म स्थगन

काठमाडौँ– राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।

शुक्रबारको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसद आ–आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन्।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ।


सम्बन्धित सामग्री