Wednesday, May 29, 2024

-->

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।

देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुने महाशाखाको अनुमान छ। 


सम्बन्धित सामग्री