Monday, June 17, 2024

-->

पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ हरित कर

फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत बराबर हरित कर लाग्ने छ।

पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ हरित कर

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ।

अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले हरित कर लगाउने उल्लेख छ। 

जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ हरित कर लगाउने प्रस्ताव गरिएको जनाइएको छ। यो करसँगै पेट्रोलियम पदार्थको मूल्यमा चाप पर्नेछ।

यस्तै, फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत बराबर हरित कर लाग्ने छ। पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि १ प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ।


सम्बन्धित सामग्री