Wednesday, May 29, 2024

-->

वर्षाका कारण खेल रद्द भएपछि गुजरातको प्लेअफ सम्भावना समाप्त

वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ।

वर्षाका कारण खेल रद्द भएपछि गुजरातको प्लेअफ सम्भावना समाप्त

काठमाडौँ– अविरल वर्षाका कारण खेल कोलकाता नाइट राइडर्ससँगको खेल रद्द भएपछि गुजरात टाइटन्सको प्लेअफ सम्भावना समाप्त भएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत यी दुई टोलीबीचको खेल सोमबार राति टस नै नभई रद्द भएको हो। 

वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ। 

गुजरातको १३ खेलमा ११ अंक रहेको छ। सन् २०२२ को विजेता गुजरात गत सिजन भने फाइनलमा चेन्नाईसँग पराजित भएको थियो। 

कोलकाता समान खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा कायम छ। कोलकाताको प्लेअफ पुग्ने पक्का भएको छ।


सम्बन्धित सामग्री