Thursday, May 02, 2024

-->

एसीसी प्रिमियर कपः टस हारेर ब्याटिङ गर्दै नेपाल

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्।

एसीसी प्रिमियर कपः टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ– एसीसी प्रिमियर कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। 

नेपाल समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो भने यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो। नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो। 

त्यसैगरी यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग ९ विकेटले पराजित भएको थियो ।

शुक्रबार नै अर्को सेमिफाइनलमा सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।


सम्बन्धित सामग्री