Thursday, May 02, 2024

-->

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ।

तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा पहेँलो धातुको मूल्य शुक्रबार पनि उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ। 

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने एक लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला एक हजार ७२५ मा कारोबार भएकामा शुक्रबार भने एक हजार ७२० निर्धारण भएको छ। 


सम्बन्धित सामग्री