Saturday, April 27, 2024

-->

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

यस्तो रहनेछ शुक्रबारको मौसम

काठमाडौँ– नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकीको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 


सम्बन्धित सामग्री