Saturday, April 27, 2024

-->

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६५ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

सामान्य अंकले बढ्यो नेप्से परिसूचक २ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७८ अंकले उकालो लागेर २०३५.६४ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३६ ओरालो लागेर ३५९.०९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

कुल ६६ लाख १४ हजार ४४५ कित्ता शेयर दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भयो।

त्यस्तै, गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार ५५८, शिवम् सिमेन्ट १५ करोड ३९ लाख ३३ हजार ६४९, सोनापुर मिनरल्स ११ करोड १८ लाख ५३ हजार १६८ र पिपल्स पावर सात करोड तीन लाख २३ हजार १७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९.९६, हिमालयन हाइड्रोपावर ८.७३, सामलिङ पावर कम्पनी ८.०७ र पिपल्स पावरका लगानीकर्ताले ७.४४ प्रतिशतले कमाएका छन्। 

उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फन्ड ६.८०, जोशी हाइड्रोपावर ३.३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन्।


सम्बन्धित सामग्री