Saturday, April 27, 2024

-->

वर्षा नरोकिएपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार शुरू हुने तय भएको टी२० शृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

वर्षा नरोकिएपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौँ– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार शुरू हुने तय भएको टी२० शृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी२० तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ। 

यसअघि आयरल्यान्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई टी२० खेल खेलेको थियो। उक्त शृंखला नेपालले २–० ले जितेको थियो।

पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो।


सम्बन्धित सामग्री