Saturday, April 27, 2024

-->

बजेट अभावमा रोकियो नगर अस्पताल निर्माण

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने योजनासहित भवन निर्माण थालिएको थियो।

बजेट अभावमा रोकियो नगर अस्पताल निर्माण

दमौली– बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माण रोकिएको छ।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण शुरू भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए। ११ करोड ५२ लाख रुपैयाँ लागतमा भवन निर्माण थालिएको थियो । 

अस्पताल भवनको भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्रै छ। नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई दुई करोड ९४ लाख ९३ हजार भुक्तानी गरिएको छ। 

भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडन्डा जेभीबीच २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। सम्झौतामा २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ। 

त्यसपछि २०८१ असोजसम्मका लागि म्याद थप गरिएको छ। बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएको कम्पनीले जनाएको छ।


सम्बन्धित सामग्री