Thursday, May 02, 2024

-->

मधेश मन्त्रिपरिषद्‍मा थपिए राज्यमन्त्रीसहित ४ मन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मधेश मन्त्रिपरिषद्‍मा थपिए राज्यमन्त्रीसहित ४ मन्त्री

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीमा युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

भरतप्रसाद साह र बेची लुंगेलीले बिनाविभागीय मन्त्री नियुक्त भएका हुन्। त्यस्तै शारदा थापाले गृह, सञ्चार तथा कानून राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरिन्।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन्। लुंगेली नेकपा एकीकृत समाजवादी र थापा नेकपा एमालेका प्रदेशसभा सदस्य हुन्। 

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट शपथ लिइन्।

 


सम्बन्धित सामग्री