Tuesday, May 14, 2024

-->

टी२० विश्वकप: नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ।

टी२० विश्वकप नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौँ– आगामी जुनमा हुने टी२० विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’मा परेको छ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा खेल्ने छ।

दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा तथा तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग सेन्ट भिन्सेन्टमा र जुन १६ मा बंगलादेशसँग पनि सेन्ट भिन्सेन्टमै खेल्नेछ।

समूह ‘ए’मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्। समूह ‘बी’मा इंग्ल्यान्ड अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्।

यसैगरी, समूह ‘सी’मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्। जुन १ मा शुरू हुने विश्वकपको फाइनल जुन २९ मा हुनेछ। 

 

 


सम्बन्धित सामग्री