दुर्गा प्रसाईं समूहले आयोजना गरेको प्रदर्शन अनियन्त्रित बनेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।
काठमाडौँ– दुर्गा प्रसाईं समूहको विरोध प्रदर्शनपछि आयोजित सभा सकिएलगत्तै भीड अनियन्त्रित बनेपछि बल्खुमा प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

बिहीबार बल्खुमा आयोजित सभा समापन गर्दै दुर्गा प्रसाईंले अब काठमाडौँ जाने बताएका थिए। सभामा बोलेका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सिंहदरबार पस्ने घोषणा गरेपछि भीड अनियन्त्रित भएको थियो।

उनीहरू कालीमाटीतर्फ अगाडि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले करिब एक दर्जन टियर ग्यास प्रहार गरेर भिडलाई रोक्ने प्रयास गरेको छ। त्यस्तै प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि प्रहार गरेको छ। त्यस्तै, प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि ढुंगा, इट्टालगायतका वस्तु फ्याकेका छन्।

बिहीबार बल्खुमा दुर्गा प्रसाईं समूहले विरोध प्रदर्शन गरेको थियो भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरिरहेको छ।

दुवै प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा परिएको छ। प्रदर्शनका क्रममा अप्रिय घटना हुन नदिन करिब १० हजार सुरक्षाकर्मी प्ररिचालित भएको प्रहरीले जनाएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
