Saturday, May 04, 2024

-->

मन्त्रालय र मन्त्रीहरूको लागि ‘जनक दरबार’ बनाउँदै मधेश प्रदेश

मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारका मन्त्रालय र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरू गरिने बताएका हुन्।

मन्त्रालय र मन्त्रीहरूको लागि ‘जनक दरबार’ बनाउँदै मधेश प्रदेश

काठमाडाैँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारका मन्त्रालय र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरू गरिने बताएका छन्। 

बुधबार जनकपुरधाम उपमहानगरपालिका–वडा नम्बर १९ मा कृष्ण जन्माष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले त्यही वडामा रहेको ५२ बिघा जग्गामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन्। उनले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेकाे पनि जानकारी गराए।

सरकारका सबै मन्त्रालयहरूको प्रशासनिक भवनका साथै आवाससमेत सोही परिसरमा निर्माण गरिने र उक्त प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने बताए। मधेश सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडि नै पठाइसकेकाे उनकाे भनाइ छ। 

प्रधानमन्त्री कार्यालयबाट निर्णय आएलगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडि बढाइने पनि उनले स्पष्ट पारे।


सम्बन्धित सामग्री