Friday, May 03, 2024

-->

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव भेटियो, १ बेपत्ता

अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरूको पहिचान हुन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका ५ जनाको शव भेटियो १ बेपत्ता

काठमाडौँ– सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

लुक्लास्थित सुर्के हेलिप्याडबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको  हेलिकप्टर लिखुपिके गाउँपालिका–५ लामजुरा डाँडामा दुर्घटना भएको हो।

हेलिकप्टरमा सवार छमध्ये पाँच जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार बेपत्ता एक जनाको खोजी भइरहेको छ।

“दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ। एक जनाको चाहिँ फेला परेको छैन। शवको पहिचान हुन बाँकी छ,” उनले भने।

हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरूङ र पाँच जना म्याक्सिनकन नागरिक सवार थिए। 


सम्बन्धित सामग्री