Friday, May 03, 2024

-->

दोलखाको गौरीशंकरमा पहिरोले बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

गौरीशंकर गाउँपालिका–८ मा पहिरोले बगाउँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका हुन्। बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए।

दोलखाको गौरीशंकरमा पहिरोले बगाउँदा ४ जना बेपत्ता ३ घाइते

काठमाडौँ– दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्।

तीन जना घाइते भएको वडाध्यक्ष दावारेन्जी शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार गएराति भीषण वर्षासँगै आएको पहिरोले सल्ले र गोपाटार गाउँमा सात घर बगाएको छ।

घर बगाउँदा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका हुन्।  पहिरोका कारण १६ परिवार विस्थापित भएको वडाध्यक्ष शेर्पाले बताए। बेपत्ता र घाइतेको परिचय खुल्न नसकेको उनको भनाइ छ।

“हामी पहिरो स्थलतर्फ गइरहेका छौँ। पहिरोले बाटो, पुल र सडक पनि बगाएको छ। दुर्गम भएकाले थप विवरण आउन बाँकी छ,” उनले भने।

बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताए।


सम्बन्धित सामग्री