Thursday, May 09, 2024

-->

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

काठमाडौँ– वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ। शुक्रबार काठमाडौँमा पत्रकारहरूसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन्। 

उनले सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको बताए। सरकारले आफूहरूसँग सल्लाह गरेरै गरेको भए पनि आफूहरू तयार हुने भन्दै उनले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताए। उनले पुँजीगत खर्चमा भ्याट लाउनु व्यावहारिक नभएको पनि बताए। 

उनले जहाजको इन्जिन लगायतका सामग्रीहरूमा भ्याट कम लाग्दा सहज रूपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताए। पैसाको कारण आवश्यक सामग्रीहरूमा सम्झौता गर्ने अवस्था बनेमा हवाई सुरक्षामा समेत चुनौती थपिने उनको भनाइ छ। 

“५, १० प्रतिशत भए पनि किन कम्परमाइज गर्ने त पैसा निकाल्न सकिँदैन भनेर हामीले कम्परमाइज गर्न थाल्यौँ भने त्यसले सुरक्षामा ठुलो चुनौती सिर्जना हुन्छ। त्यसले गर्दाखेरी यो पुँजीगत खर्चमा भ्याट लाउनु त्यति व्यावहारिक देखिँदैन” उनले भने। उनले आफूहरू पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताए।


सम्बन्धित सामग्री