त्रिभुवन विमानस्थलबाट बाहिरिएको ८० किलोभन्दा बढी सुन बरामद, ३ जना पक्राउ

विमानस्थल पास भएर आएको सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको छ।

सांकेतिक तस्वीर

काठमाडौँ– राजस्व अनुसन्धान विभागले बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी सुन बरामद गरेको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए। उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ।  

विमानस्थल पास भएर आएको उक्त सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए।

सुन हङकङबाट आएको खुलेको छ। थप अनुसन्धान जारी रहेको महानिर्देशक ढुंगानाले जानकारी दिए।