Wednesday, May 15, 2024

-->

देशभरको मौसममा पूर्ण बदली, भारी वर्षाको सम्भावना

गण्डकी र बागमतीका धेरै स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ।

देशभरको मौसममा पूर्ण बदली भारी वर्षाको सम्भावना

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र बागमतीका धेरै स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम तथा गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। राति आंशिकदेखी सामान्य बदली रहनेछ।

पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री